९. कार्यक्रममा भएको खर्चको फछ्र्यौट र फरफारक
(१) कार्यक्रममा भएको खर्चको बील भौचर सहितको विवरण सम्बन्धित उपभोक्ता समिति वा कार्य सम्पन्न गर्ने निकायले जिल्ला विकास समितिको कार्यालयमा पेश गर्नुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम हिसाब फछ्र्यौटका लागि कागजात प्राप्त भएपछि सचिवले उपनियम (३) बमोजिमको समितिमा जा“चपासका निम्ति पेश गर्नु पर्नेछ ।
(३) सचिव, योजना अनुगमन तथा प्रशासकीय अधिकृत, जिल्ला विकास समितिको प्राविधिक प्रमुख समेत रहेको समितिले सञ्चालित कार्यक्रम वा योजनाको जा“चपास र फरफारक गर्ने छ ।
(४) उपनियम (२) बमोजिम जा“चपासका लागि पेश भएपछि सो समितिले सम्बन्धित प्राविधिक कर्मचारी खटाई सम्पन्न भएका कामका सम्बन्धमा प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम खटिईएको कर्मचारीले खर्च अनुसारको काम भएको वा नभएको प्रतिवेदन दिनु पर्नेछ र खर्च अनुसारको काम भएको प्रतिवेदनको आधारमा समितिले त्यस्तो कामको जा“चपास गरिदिन सकनेछ ।
(६) उपनियम (५) बमोजिम समितिबाट जा“चपास भैसकेपछि सचिवले प्रचलित कानुन बमोजिम त्यस्तो कामको हिसाब फरफारक गरी सोको जानकारी सम्बन्धित संसद घद्दसंविधानसभा सदस्यलाई दिनेछ र त्यस्तो हिसाबको विवरण चौमासिक रूपमा सार्वजनिक गर्नेछ ।